एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रीको निर्देशन

34

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ एन्फालाई कारबाही गर्न निर्देशन दिएको छ ।

खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति लिएर मात्र अन्तराष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानूनी व्यवस्थाको एन्फाले उल्लंघन गरेको भन्दै मन्त्रालयले एन्फालाई कारबाही गर्न भनेको हो ।

‘खेलकुद ऐन बमोजिम लिनुपर्ने स्वीकृति नलिएको जानकारी प्राप्त भएको हुँदा कानून बमोजिम कारवाही गरी सोको जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिईएको छ ।’ युवा तथा खेलकुद मन्त्रालयका प्रवक्त शिवप्रसाद रेग्मीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

‘कानून बमोजिम राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति पश्चात मात्र खेल संघका पदाधिकारीलाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न व्यवस्थाको लागि गृह मन्त्रालयमा अनुरोध गरिएको छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

एन्फाबाट विश्वकप छनोट अन्तर्गतको राष्ट्रिय फुटबलब टिमको भ्रमण टोलीमा खेलमा संलग्न समूह बाहेक १० जना अनावश्यक व्यक्तिहरु सहभागी हुन जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधि संचालनका लागि एन्फाले राखेपलाई पत्राचार गरेको विषयमा आफ्नो ध्यानाकर्षण जनाउँदै सरकारसँग स्वीकृति नलिएर भ्रमण टिम बाहिर पठाउने गतिविधिमा कारबाही गर्न मन्त्रालयले भनेको हो ।

विश्वकप छनोटको बहराईनविरुद्धको म्याच खेल्न नेपाली राष्ट्रिय फुटबल टिम बुधबार बिहान मलेसिया प्रस्थान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here