घट्याे सुनचाँदीकाे भाउ

33

काठमाडौं ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।

यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार पनि बिहीबारको झैँ चाँदी प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here