पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकारिता सम्मान अर्पण गर्ने कार्यक्रममा उनले सबै ऋणलाई अनुदानमा बदल्ने बताए ।
‘चीन भ्रमणमा समझदारी बनेको छ । यहाँबाट छिटै नियमित उडान हुनेछ,’ उनले भने ।


















