नक्कली नोट कारोबार गरिरहेका तीन जना पक्राउ

35

ललितपुर । गोदावरीको टौखेलबाट नक्कली नोट कारोबार गरिरहेका तीन जनालाई पक्राउ गरिएको छ । प्रहरी टोलीले नक्कली नोट कारोबार गर्नको लागि हिडेका तीन जनालाई पक्राउ गरेको हो । टौखेल बस्ने करण प्रधान, संजय अधिकारी र सबिन हुमागाईँलाई पक्राउ गरेको हो ।

हुमागाईँले संचालन गरेको एचएम मोबाईल केयरबाट नक्कली नोट छाप्न प्रयोग भएको प्रिन्टर थान १, ल्यापपटप थान १, नक्कली नोट छाप्न प्रयोग गरिने सादा पेपर ४०० थान, मोबाईल थान १ बरामद गरिएको प्रहरी परिसरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here