नवनियुक्त उपकुलपति डा. अङ्कुर साहले गोपनीयताको शपथ लिए

38

महेन्द्रनगर (धनुषा) ।  मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा. साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गर्नुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here