बनेपा हार्ट क्लिनिकद्वारा सहयोगी दाताहरुलाई सम्मान

48

धुलिखेल । बनेपामा सञ्चालित हार्ट क्लिनिकले आफ्ना सहयोगी दाताहरुलाई सम्मान गरेको छ।

शनिबार धुलिखेलको हिमालय होराइजनमा आयोजित कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका उप–सभापति प्रकाशमान सिंहले सहयोगी दाताहरुलाई सम्मान–पत्र प्रदान गर्नुभएको हो।

लायन्स क्लब अफ् काभ्रे बनेपाकी अध्यक्ष सरिता पलाञ्चोकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री कञ्चन बादे श्रेष्ठले पनि सम्मान–पत्र प्रदान गनुृभएको थियो।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले क्लिनिकलाई अस्पतालकै रुपमा सञ्चालन गर्न आफू तयार रहेको बताउनुभयो।

क्लिनिक सञ्चालनमा अतुलनीय योगदान गर्नुभएका राजाराम धौभडेलले प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालन गर्नुभएको कार्यक्रममा मुटु रोग विशेषञअ डा. प्रकाश राज रेग्मीले मुटुरोग, क्लिनिक र भावी योजनाबारे सारगर्भित मन्तव्य व्यक्त गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here