काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाडौको महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालन शुभारम्भ कार्यक्रमको समुद्घाटन गर्नु भएको छ । पुनः निर्मित भवनमा डेन्टल सेवा आजैदेखि शुभारम्भ गरी बहालवाला तथा कल्याणकारी हिताधिकारीहरुलाई उपचार गर्ने व्यवस्था मिलाइनुका साथै इमरजेन्सी, फार्मेसी, पेडियाट्रिक, फिजियोथेरापी, प्याथोलोजी र रेडियोलोजी सेवाहरु विस्तार गर्दै लगिने योजना रहेको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, स्वास्थ्य मन्त्रालयका सह–सचिव डा. तारानाथ पोखरेल, त्रिचन्द्र मिलिटरी अस्पतालका पूर्व कमाण्डान्टहरु, अधिकृत लगायतहरुको उपस्थिति रहेको थियो ।


















