काठमाडौं । शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मानुकमारी सिंहलाई धरौटीमा रिहा गरिएको हो ।
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठको बच्चा लिएर उनी अलप भइन ।
बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा सन्तान नहुन सक्छ भनेपछि शिशु चोर्ने योजना बनाएको बताएकी थिइन् ।

















