महरा अस्वस्थ भएपछि नर्भिकमा लगियाे

32

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो लगिएका पूर्वसभामुख कृष्णबहादुर महरा अस्वस्थ भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट सोमबार बिहान समातिएका महरालाई जहाजबाट काठमाडौं ल्याइएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोमा बयान लिएर सरकारी वकिलको कार्यालय हुँदे जिल्ला अदालत लगेर अनुसन्धानका लागि म्याद लिइसकेपछि गलित भएका महरालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको हो। दिनभरिको धपेडीले महरा थकित देखिएका थिए।

सिआईबी प्रवक्ता होमिन्द्र बोगटीका अनुसार उनी अस्वस्थ भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको हो। सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सिआइवीले अदालत उपस्थित गराउँदै थुनामा राख्ने अनुमति मागेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा निवेदन दिएको सिआइवीको निवेदनमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

९ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई उनकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला पक्राउ गरिएको हो। उनले विमानस्थलमा अड्किएको सुन छाडिदिन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल फोन गरेको आधारमा सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लगाइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here