सुनको मूल्य बढ्दा चाँदी घट्याे

36

काठमाडाैं । आज बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो। त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ सस्तो भएको छ।

यसअनुसार छापावाल सुन १ लाख २६ हजार ८ सय र तेजाबी सुन १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। चाँदी आज १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

विश्वबजारमा भने सुन २ हजार १ सय ७८ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here