काठमाडौं । आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएर नयाँ रेकर्डमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ । यसअघि बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ लाख २७ हजार ३०० मा कारोबार भएको थियो । बुधबार १ लाख २६ हजार ८ सयमा किनबेच भएको थियो ।


















