नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र

35

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले विज्ञानको बिरुद्धमा धर्म प्रयोग गरेर नेपालमा कम्युनिस्ट परास्त पार्ने षड्यन्त्र गरिरहेको जनाएका छन् ।

मङ्गलबार युवा संगठन नेपालको धनगढीमा जारी पाचौं राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई सम्बोधन गर्दै यस्तो जनाएका हुन् ।

उनले कम्युनिस्टहरुले नयाँ खोज अनुसन्धानमा जोड दिने र विज्ञानबाट प्रमाणित कुरालाई प्रयोग गर्दै जनतामा लागू गर्ने र धर्मका नाममा साम्राज्यवादले जनतामा छरेको भ्रमबाट मुक्त गर्ने भएकाले त्यो प्रयोगबाट साम्राज्यवाद अतालिएर विज्ञानका विरुद्ध धर्म प्रयोग गर्दै नेपालमा कम्युनिस्ट परास्त गर्ने सड्यन्त्र गरेको जनाए।

काठमाडौंमा अहिले चलिरहेको राजावादीहरुको आन्दोलनलाई इङ्गित गर्दै विप्लवले अहिले धर्म निरपेक्षता र प्राप्त उपलब्धिलाई फेरि पुरानै सामान्तको हातमा सुम्पिन चिहानमा पुगिसकेको शक्तिलाइ उचालेर साम्राज्यवाद्ले बबन्डर मच्चाइरहेको जनाए।

उनले भने,”अहिले हारेका चिहानमा पुगेका शक्तिले फेरि गुमेको साम्राज्य फर्काउन, प्राप्त उपलब्धीलाइ बदनाम गराएर त्यसलाइ गलत सिद्ध गरेर फेरि पनि राजा फर्काउन सकिन्छ कि भन्दै बबन्डर गरिरहेका छन् ।”
उनले नेपालमा धर्म निरपेक्षता र राजा फर्काउन युरोपेली् युनियन र भारतियहरु घुडा धसेर लागिपरेको आरोप समेत लगाए।
महासचिव विप्लवले धर्म र सस्कृति र बिज्ञान फरक कुरा हुन् यो कुरालाइ आम जनतासामु गएर मसिनोगरी बुझाउन जरुरी रहेको जिकिर समेत गरे।

उनले भने,”अहिले हाम्रो पार्टीप्रति जनताको आशा ह्वात्तै बढेको हाम्रा अभियान र बिचार दृष्टिकोणबाट जनता आशावादी छन् , अब युवा नौ जवानहरुले निरासाको विरुद्ध लड्दै विश्वको बदलिदो परिस्थितिलाइ बुझ्दै नेपालमा नै केही गर्न सकिन्छ नेपालमा केही छैन भन्दै पलायनको बाटो रोजिरहेका युवाहरुलाइ हामी आफ्नै बलबुतामा देसभित्रै प्रसस्थ सम्भावना सिर्जित गर्दै आत्मविश्वास जगाउनु पर्छ।”

सम्मेलनमा विभिन्न जिल्ला ब्युरोबाट प्रतिनिधित्व गरेर बन्दसत्रमा आएका युवाहरूलाई उत्साह थप्दै काठमाडौंमा निस्केको हारेका शक्तिको रोनाधोना जस्तो यो उपस्थिति नभएको जनाए ।

उनले थपे,”यो हारेका राजावादी शक्तिले काठमाडौंमा गरेको रोनाधोना होइन अब यो देश पछाडी होइन नेपाली बिशेषताको समाजवाद सहित अघि बड्दै छ।” राजावादीहरुले बडी गरेभने त्यसको प्रतिरोध युवा संगठनले गर्नुपर्छ ।”

उनले अब यो देशमा कुनैपनि हालतमा राजा फर्किन सम्भव नभएको र त्यसो भए क्रान्ती पूरा नहुदाका असफलताको फाइदा साम्राज्यवादले लिन्छु भन्ने सपना देखेको छ भने त्यसको प्रतिरोध नेकपाले गर्ने जनाए।

उनले देशलाइ पछाडी फर्काउन उद्द्त कुतत्वहरुलाइ धुलोपिठो पार्न युवाहरुलाई निर्देशन समेत गरे।
विप्लवले गएको चिजलाई फर्काउदा जनताले पाएका सम्पूर्ण अधिकार गुम्ने कुरा मसिनो गरि बुझाउन सके साम्राज्यवादको षड्यन्त्रबाट जनता प्रभावित नहुने जनाए ।

साम्राज्यवादले नेपालका युवाहरुलाई निरासा बाड्दै यो देशमा केही हुन्न भन्ने भ्रम फैलाएर युवा पलायनतालाई प्रसय दिराखेको छ त्यसैले आम युवाहरूलाई अमेरिका भगौडा बस्ने ठाउँ हो त्यहाँको २/४ करोड पैसाका लागि भौतारिन हुन्न भन्ने कुरा भरिदिनु पर्ने उनको तर्क थियो।

पछिल्लो समय नेपालको सुरक्षा संयन्त्रमाथि साम्राज्यवादी हस्तक्षेप बढेको र नेपालको सेना र राजनितिक दललाई भिडाएर कु गर्ने षड्यन्त्र रहेको खुलासा समेत गरे ।

उनले भने,”इमानदार अफिसरहरुलाई पाखा लगाएर जर्नेल कर्नेलहरुलाई सकेर आफ्नो वर्चस्व कायम गरेर कु गर्ने र सैन्य बलमा संसदवाद टिकाउने षड्यन्त्र हुँदैछ त्यसको सशक्त प्रतिरोध जरुरी छ, नेपाली सेनाभित्र रहेका राष्ट्रवादी जर्नेलहरुलाई साम्राज्यवादी षड्यन्त्रबारे बुझाएर क्रान्तिमा लामबद्ध गर्ने अठोट थप्न जरुरी छ ।”

अन्त्यमा नेकपाले केही गर्दैन भन्नेहरुलाई चुनौती दिदै विप्लवले नेकपाले नगरेको भए एमसीसी गलत हो भनेर स्थापित कसले गर्यो, एनसेलको ७२ अर्व राज्यलाई कसले दिलायो, साम्राज्यवादको हस्तक्षेप विरुद्ध सतिसाल भएर को उभियो भन्दै प्रश्न समेत गरे ।

सम्मेलनको बन्दसत्रमा नेकपाकी स्थायी समिति सदस्य तथा संगठनकी फ्याक्सन इन्चार्ज शिलु सी, पोलिट ब्युरो सदस्य तथा सेती ब्यूरो इन्चार्ज डबल सी, केन्द्रिय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी, लगाएतको आतिथ्यता रहेको थियो ।

अध्यक्ष मण्डलकी सदस्य तथा बन्दसत्रको अध्यक्ष सम्झना सीको अध्यक्षतामा सुरु भएको प्रशिक्षण सत्रमा नेकपाकी स्थायी समिति सदस्य शिलु सीले समेत आफ्नो प्रशिक्षणात्मक मन्तव्य राखेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here