मृत अवस्थामा फेला

40

काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका-१ दामा बस्ने ६२ वर्षीय सार्कबेगा लिम्बु सोही ठाउँस्थित दामा डाडामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, मायादेवी गाउँपालिका-६ बरौलास्थित बेथरी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-११ गनबरिया बस्ने शिवशकंर लोधको छोरा ७ वर्षीय अमित लोध सोही ठाउँस्थित निर्माण हुँदै गरेको घरको सेफ्टी ट्याङ्की भित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पा, सुनछहरी गाउँपालिका-४ झिन्जास्थित छहरीखोलामा हाल नाम, थर, वतन नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here