काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले, सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेउपर छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन् ।
नयाँ वर्षको अवसरमा आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सो धारणा राखेका हुन् ।
अहिले कांग्रेसको कारण नभै सरकारकै गैरजिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको भन्दै नेता सिंहले भने, ‘सरकारले संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि हट्दैन ।’
उनले देशमा राजनीतिक स्थायित्वको वातावरण बनाएर मात्र लगानी सम्मेलन गर्दा उचित हुने धारणा पनि राखे ।


















