सुन हालसम्मकै उच्च मूल्यमा कारोबार

44

काठमाडाैं । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदैछ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो। यसभन्दा अघि सुनको मूल्यले गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला एक लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति‍औंस २३ सय ८७ अमेरिकी डलर पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here