भारतमा चुनावी मुद्दा र यथास्थितिमा भारतको भबिष्य

34
थिए त्यसलाई पूरा गर्न सकेनन् । त्यसैले  अमूर्त र योजना बिनाको तेश्रो बिश्व आर्थिक शक्ति बन्ने कुरा पनि झूटा आश्वासनको पुडिया साबित हुने अर्थ मै त्यहाँका मतदाताले लिइरहेका छन् । यद्यपि आर्थिक प्रगति र खुशहालीको कुरा बिजेपीको ‘एनडीए’ र काग्रेसको ‘इण्डिया’ गठबन्धन दुबैले गर्न कुनै कसर छोडेका छ्रैनन । राजनतिक–सामाजिक क्षेत्रको मेरुदण्ड वास्तवमा आर्थिक नै भएकोले उनीहरुले अर्थतन्त्र बारे कुरा नउठाउने कुरै भएन । यसका अतिरिक्त बिजेपी गठबन्धनले हिन्दूबाद र काग्रेसी गठबनधनले अल्पसंख्यकहरुको उत्पीडनको कुरा उठाएका छन् । हिन्दूबाद र साम्राज्यबादी आर्थिक उदारिकरणको मेल पनि भारतमा  गज्जबकै कुरा छ ।
निश्चय नै यथास्थिति बिरुद्ध बिश्वासिलो बिकल्प बन्न नसकेको यथास्थितिमा यस्तै चुनावी कुरामा ठूलो हो हल्ला हुने गर्दछ नै । यस्ता सं्रसदीय चुनावमा बिश्वभरी नै घोर दक्षिणपनथी शक्तिहरुले सिक्का जमाउँदै गएका छन् । यो प्रबृत्तिबाट भारत पनि हाल मुक्त हुने स्थिति देखा पर्दैन । संसदीय शक्तिहरु नै सत्ता या प्रतिपक्षमा रहने र त्यसैलाई लोकतन्त्रको सुन्दरता भनेर भाष्य निर्माण गरिरहने गर्दछन् । ठूलो जनसंख्या भएको देशमा मतदाता धेरै कुने कुरालाई समेत मुद्दा बनाएर त्यसलाई बिशाल लोकतन्त्रको नाम दिने पनि गर्दछन् । भारत र अमेरिकाको चुनावको बेला पटक पछक यस्तो सुनने, देखिने गरेको । मूख्य कुरा भने चुनावको रुटिन पालना गरेर के के समस्याबाट देश र जनतलाई पार लगाउन सकियो मूल्यांकनको मूख्य आधार यो कुरा हुनु पर्ने हो ।  गरीबी, अभाव, असुरक्षाको अन्त्य र समानता, स्वतन्त्रता, समृद्धि तथा सुखमय जीवनको सुनिश्चितता नभएसम्म दुर्लभ अपबादलाई छाडेर चुनाव एउटा नाटकीय पाखण्डमा परोक्षा प्रत्यक्ष परिणत हुनजाने अनुभव यत्र, तत्र, सर्बत्र हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here