काठमाडौं । रिडी पावर कम्पनीको लिलामी सेयर खरिदका लागि आवेदनका साथ रकम भुक्तानी गरेका, तर सेयर नपाएकाले बिहीबारदेखि पैसा फिर्ता पाउने भएका छन् ।
बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता गरिने जनाएको हो ।
रिडी पावरको हकप्रदमा बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामी बिक्रीमा आएको थियो । सो सेयरमा बोलपत्र आवेदन गर्नेमध्ये धेरै मूल्य प्रस्ताव गरेका आधारमा बाँडफाँट गरिएको छ ।


















