सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्याे

26

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको केहीँ मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here