सचेतनामूलक कार्यक्रम सम्पन्न

56

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानको आयोजनामा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ ऐरावती गाउँपालिका-२ स्थित मोति माध्यामिक विद्यालयमा बुधबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here