विश्वको पहिलो ६जी उपकरणको प्रोटोटाइप जापानले ल्यायाे

21

काठमाडौं । विश्वको पहिलो ६जी उपकरणको प्रोटोटाइप जापानले ल्याएको छ । ६जी उपकरण ५जीको तुलनामा २० गुणा बढी स्पिडमा चल्ने बताइएको छ।

यो उपकरण केही कम्पनीहरूले साझेदारीमा तयार पारेका हुन्। १०० जीबीपीएस भएको ६जीका प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट सेवा पाउँने छ। यसले १०० गिगाबिट्स ९जीबी० प्रति सेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्छ।

५ जी प्रविधिभन्दा २० गुणा छिटो रहेको ६जीले ३०० फिट भन्दा बढी क्षेत्र कभर गर्न सक्ने बताइएको छ। यो धेरै मानिसहरूको लागि धेरै उपयोगी हुन सक्ने विश्वास लिइएको छ। जापानले तयार गरेको यो प्रविधिमा डोकोमो, एनटीटी कर्पोरेसन, एनईसी कर्पोरेसन र फुजित्सुको नाम समावेश छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here