अर्थ विज्ञ डा चिरञ्जिवी नेपालले दिए राजीनामा

21

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार अर्थ विज्ञ डा चिरञ्जिवी नेपालले राजीनामा दिएका छन्।

उनको राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेका छन्। राजीनामा स्वीकृत गर्दै नेपालले आफ्नो पदमा रही पुर्‍याएको योगदानका लागि धन्यवादसमेत व्यक्त गरेका छन्।

सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निर्णय गरेपछि सल्लाहकार नेपालले उक्त निर्णयप्रति विवादित अभिव्यक्ति दिएका थिए।

त्यसपछि उनको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएको थियो। सोही कारण उनले आफ्‍नो पदबाट राजीनामा दिएका हुन्।

1-30_आर्थिक-विज्ञको-राजिनामा-स्वीकृत_2080_विज्ञप्ति-scaled-1715491944.jpg
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here