बालाजुका केही सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान

32

काठमाडौं। लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टिलरिज’ले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो ।

सडक बत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडक बत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ।

स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन्। खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबिच सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

वडा नम्बर १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टिलरिजको सहयोगप्रति आभार प्रकट गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here