काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ।
अहिले दुई शीर्ष नेताबीच छलफल भइरहेको छ। सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् बैठक अवराेध गरिहेका बेला सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो।
मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि दुवै सदनले राष्ट्रपतिलाई धन्यवाद दिन पाएनन्। यसपछि सत्तारुढ दल कसरी संसद्लाई सहज तरिकाले सञ्चालन गर्ने भन्ने विषयमा पहल गरिरहेका छन्।

















