एसीसी महिला एसिया कप २०२४ का लागि २८ सदस्यीय टोलीको घोषणा

31

काठमाडौं । एसीसी महिला एसिया कप २०२४ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

नेपालले इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टिम सार्वजनिक गरेको हो ।

प्रतियोगिता १९ जुलाईबाट श्रीलंकामा सुरु हुनेछ । करुणा भण्डारीले राष्ट्रिय टिममा कमब्याक गरेकी छन् भने सावित्री धामी र हेलिसा गुरुङ नयाँ खेलाडीको रूपमा प्रवेश गरेका छन् ।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री बेलबासे, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार (विकेटकिपर), खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्मचार्य, संगिता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here