रुसी सेनामा भर्ती भएकाहरुका आफन्तले दिए धर्ना

35

काठमाडौं । रुसी सेनामा भर्ती भएकाहरुका आफन्तले कन्सुलर सेवा विभाग पुगेर धर्ना दिएका छन्।

उनीहरुले विभागका महानिर्देशक प्रकाशमणि पौडेलको कार्यकक्षमा पुगेर धर्ना दिएका हुन्। विभाग पुगेका उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको छ।

उनीहरुले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै नाराबाजी पनि गरेका छन्। रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न उनीहरुले माग गरेका छन्।

हालसम्म रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत ३९ जना नेपालीले ज्यान गुमाइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here