काठमाडौं । यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाले ज्यान गुमाएका छन्।
यस्तै तीन जना बेपत्ता रहेका छन्। ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी गराए।
आठ जनामध्ये एक जनाको टेन्टमा सुतेकै बेला मृत्यु भएको हो भने बाँकी आरोहणका क्रममा लडेका वा हराएका हुन्।
यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएकामा अनुमति लिएका आरोही र उनीहरूका सहयोगीसमेत गरी पाँच सय ७० जनाभन्दा धेरैले आरोहण गरिसकेका पर्यटन विभागले जनाएको छ।
सामान्यतया मे २९ सम्म आरोहण खुला हुने भएकाले बाँकी आरोहीहरू अन्तिम आरोहणको तयारीमा रहेका छन्।


















