लुम्बिनीको आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

42

काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

लुम्बिनीले अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्याएको छ । नीति तथा कार्यक्रम कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, पूर्वाधार विकासलगायतलाई प्राथमिकतामा राखिएको छ ।

नीति तथा कार्यक्रममा किसानको हात, प्रदेशको साथ, व्यावसायिक कृषि लुम्बिनी प्रदेशको समृद्धि, स्वस्थ जीवनको आधार माटोमा सुधार, कृषिको आधार, सिँचाईमा सुधार, प्रदेश प्रमुख शिक्षा सुधार कार्यक्रम, लुम्बिनीका महिला, आत्मनिर्भरतामा पहिला, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम जस्ता कार्यक्रम समावेश गरिएको छ।

लुम्बिनीका १२ जिल्लामा सञ्चालित पुराना योजनालाई पूरा गर्ने लक्ष्य, पर्यटक भित्र्याउने, प्रदेशभित्र पर्यटन प्रवर्द्धन गर्दै वन, कृषि, पर्यटन, उद्योग, जडिबुटीलगायत क्षेत्रबाट उद्यमशीलताको विकाससहित आर्थिक समृद्धिमा सम्पन्न प्रदेश बनाउने लक्ष्य सरकारले राखेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here