कावठमाडाैं । डिशहोम फाइबरनेटले इन्टरनेट र डीटीएच (टीभी)का ग्राहकहरूका लागि विशेष स्मार्ट अफर ल्याएको छ ।
ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्नको लागि ‘स्मार्ट अफर’ ल्याइएको कम्पनीले जनाएको छ ।
रु.३३५० पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने ग्राहकहरुले मात्र रु।१६४९ मा पाउन सक्नुहुनेछ । त्यस्तै ९९९९ पर्ने फायर-बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र रु.२९९९ मा लिन सकिनेछ ।
डिजिटल होम इन्टरनेशनलबाट सानादेखि ठूला होम अपलायनसेसमा विशेष छुट हुनेछ ।
यसरी प्राप्त गर्न सकिन्छ अफरहरू ?
एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम ६ महिना प्याकेजको साथ नयाँ डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सन जडान गरेको हुनुपर्ने छ । अथवा आफूले चलाइरहेको डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सनको प्याकेज कम्तीमा ६-महिनाको लागि रिचार्ज गर्नुपर्नेछ ।
होम अपलायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकले १२-महिनाको इन्टरनेट वा डीटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखि सबै डिएचआई प्रोडक्टहरुमा १८ प्रतिशत छुट पाउन सक्नेछन । त्यसतै २४-महिने इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
स्मार्ट अफरको बारेमा थप सहयोग वा सोधपुछका लागि, ग्राहकहरूले डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सक्छन् । साथै नजिकै रहेको डिशहोमको डिलर दाइसँग सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।


















