काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैलीका वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको जनाएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै गरेका छन् ।
राष्ट्रपति पौडेलले आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी आग्रह गरे । उनले भने, ‘नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा मैले लिएको छु ।’
नेपाल सरकारले संचालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्वोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाउन सुरु भएको हो । यस वर्ष दिवसका लागि ‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नारा तय गरिएको छ ।


















