राष्ट्रिय फुटबल टोलीले टिमाेरसित मैत्रीपूर्ण खेलमा बराबरी

91

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग बराबरी खेलेको छ ।

दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो । एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्ण खेल टिमोर लिस्टेसँग खेलको हो ।

अब नेपालले जेठ २० गते ओमानसँग खेल्नेछ । नेपाली टोली कतारबाटै कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here