तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का

88

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ । तीन जना चालकदलका सदस्य, छ जना विदेशी र १३ जना नेपालीसहित २२ जना सवार विमान लेतेको भीरमा ठोक्किएर ठूलो आवाज आएको थियो । घटनाको पुष्टl हुन बाँकी छ ।

आइतबार बिहान ९ः५५ बजे उडेको जहाज उडेको १५ मिनेट नबित्दै सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जानकारी दिएको हाम्रा गण्डकी प्रदेश संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै थियो त्यसपछि सम्पर्कविहीन बनेको थियो ।

विमानमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावलीः 

१‍  इन्द्रबहादुर गोले

२ पुरुषेत्तम गोले

३ राजनकुमार गोले

४‍  वसन्त लामा

५ गणेशनारायण श्रेष्ठ

६ रवीना श्रेष्ठ

७ रस्मी श्रेष्ठ

८ रोजिना श्रेष्ठ

९ प्रकाश सुनुवार

१० मकरबहादुर तामाङ

११ राममाया तामाङ

१२ सुकुमाया तामाङ

१३ तुल्सादेवी तामाङ

१४ अशोककुमार त्रिपाठी

१५ धनुष त्रिपाठी

१६ ऋतिका त्रिपाठी

१७ युवी विल्नर

१८ वैभवी बाण्डेकर

१९ मिक ग्र्याट

चालकदलका सदस्य:

१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे

२ सहायक पाइलट उत्सव पोख्रेल

३  विमानपरिचारिका क्रिस्मी थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here