काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको जनाएका छन् ।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको जनाएका हुन् ।
उनले सहकारीको सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई भ्रमित गरेर शोषण गर्ने माध्यम जस्तो भएको बताए । विद्यमान संरचनाबाट यसलाई सम्बोधन गर्न नसकिने भन्दै उनले भने, ‘बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाइभ गर्न सकिन्छ ।’

















