गौरको महतो हार्डवेयरमा भीषणआगलागि ,५० लाख माथिको क्षती

31

काठमाडौं ।  रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा आगलागि भएको छ।
गौर-५ हनुमान चोक स्थित रहेको महतो हार्डवेयरमा आगलागी हुँदा ५० लाख माथीको सामाग्री जलेर नस्ट भएको हो ।

शुक्रबार (हिजो) राती पौने १२ बजे आगलागि हुँदा हार्डवेयर गोदाममा रहेको रङ्ग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटेप -२ थान,मोटर -१६ थान ,सिपिभिसी फिटिङ्ग ,पिभिसी फिटिङ्ग लगायत पल्मबिङ्गका सामाग्री ,सयौ थान रंग पेन्टका बाल्टिन सहित सहित ५० लाख मुल्य भन्दा माथीको सामाग्री जलेर नष्ट भएको हो।

यस्तै आगलागी बाट हार्डवेयरको अर्को गोदाम सहित हार्डवेयर पसल र संगै रहेको रामबाबू मोटरसाइकल वर्क सपमा आंशिक क्षती पुगेको हार्डवेयरको प्रोपराईटर बिरेन्द्र कुशवाहाले बताएका छन् ।

-“हामी सुति सकेका थियौ ,स्थानीयले हो-हल्ला गर्दा आगो लागेको थाह पाए ,समय मै आएको गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भयौ नत्र भने भयङकर क्षति हुने रहेछ ।

पसलमा एक्कासि आगो लागी जल्न थालेपछि आगलागीले केही समय भिषणरुप लिएको थियो।बिधुत सर्टसर्किट भएर आगो लागेको जस्तो हाम्रो अनुमान छ,राती नै प्रहरी टोली आएको थियो ,आज स्थलगत मुचुल्का उठाउने कार्यको लागि निवेदन दिएका छौ “-कुशवाहाले बताए ।

बिद्युत सर्टसर्किट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बिषयमा अनुसन्धान र बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता एलिजा गिरीले बताएकि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here