काठमाडाैं । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाईलाई प्रहरीले पक्राउ गरेको छ।
दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

















