क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्ट इन्डिज जाने

34

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न वेष्ट इन्डिज जाने भएका छन्। नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको छ।

प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल क्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानले उल्लेख गरेको छ।

आईसीसीसँग समन्वय गरी वेष्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेश विरुद्धको दुई खेलमा उनी सहभागी हुने क्यानले जनाएको छ।

नेपाली विश्वपकप क्रिकेट टोलीलाई हौसला बढाइदिन सबै क्रिकेटप्रेमीहरुलाई अनुरोध पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here