काठमाडौं । अनुहार हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा हो । छाला चाहे जस्तोसुकै रङको होस्, सबै रङ आफैँमा सुन्दर हुन्छ । तर कहिलेकाहीँ छालाको रंग अचानक कालो हुन थाल्छ । यस्तो एउटा भिटामिनको कमीका कारण हुन्छ ।
अनुहारमा स्किन टोन अन–इभन हुनुको कारण पनि यही भिटामिन हो । भिटामिन १२ लाई कोबालामिन भनेर पनि चिनिन्छ । हाम्रो शरीरको रङ मेलेनिनले निर्धारण गर्छ । मेलेनिनकै कारण छाला कालो वा गोरो हुन्छ । भिटामिन बी–१२ को कमीले मेलेनिन सोस्ने कोशहरूले छालाको रङ बदल्न थाल्छन् । जसले गर्दा छालाको टोन अनइभन हुन्छ भने छालामा फुस्रो र दाग धब्बा पनि देखिन थाल्छ ।
शरीरमा भिटामिन बी १२ को कमी हुँदा छालामा चिलाउने लगायत कयौँ खालको समस्याहरू आउँछ । यो भिटामिनको कमी पूर्ति हुन जरुरी छ । यसका लागि दूध, दही, पनिर आदि दूधजन्य उत्पादनको सेवन गर्नु जरुरी छ । ब्रोकाउलीमा भिटामिन बी १२ प्रचुर मात्रामा पाइन्छ । यसबाहेक अन्डा पनि भिटामिन बी १२ को राम्रो स्रोत हो ।


















