दक्षिण अफ्रिकाको राष्ट्रपतिमा फेरि रामाफोसा निर्वाचित

31

केपटाउन । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा फेरि एकपटक सिरिल रामाफोसा निर्वाचित भएका छन् ।

दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबिच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो।

दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर(राइट डेमोक्रेटिक एलायन्स ९डीए० र साना दलहरू सामेल छन्। विजयपछिको सम्बोधनमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरे।

उनले भने, ‘नेताहरूले हाम्रो देशका सबैको हितका लागि मिलेर काम गर्नेछन् भन्ने मतदाताहरूले अपेक्षा गरेका छन्।’ एएनसीका महासचिव फिकिले म्बालुलाले गठबन्धन सम्झौतालाई ‘उल्लेखनीय पाइला’ भनेका छन्।

रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरे। उनी फेरि अध्यक्ष बन्न सफल भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here