स्पेनले क्रोएसियालाई हरायाे

36

काठमाडौं । युरो २०२४ मा क्रोएसियालाई हराउँदै स्पेनले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा स्पेन ३–० गोलले विजयी बनेको हो ।

स्पेनले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । २९ औँ मिनेटमा अल्भारो मोराटाले टोलीलाई अग्रता दिलाएका थिए ।

मिनेटपछि फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गरे । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन ।

समूह बीमा पहिलो जितसँगै स्पेन ३ अंक बटुलेर शीर्ष स्थानमा उक्लेको छ । यो समूहमा अल्बानिया र इटाली पनि रहेका छन् । दुई टोलीले खेल्न बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here