टी–२० विश्वकप क्रिकेटमा आज सुपर आठ चरणका खेलहरु सुरु हुँदै

23

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा आज सुपर आठ चरणका खेलहरु सुरु हुँदै छन्। पहिलो खेल नेपाली समय अनुसार आज राती ८ः१५ मा दक्षिण अफ्रिका र पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकाबिच प्रतिस्पर्धा हुँदै छ।

अमेरिकाले पहिलो सहभागितामानै सुपर आठमा स्थान पक्का गरेकाले यो खेल धेरैको चासोका रुपमा रहेको छ। अमेरिकाले समूह ’ए’ र दक्षिण अफ्रिका समूह ’डी’ बाट सुपर आठमा प्रवेश गरेका हुन्।

अमेरिकाले पाकिस्तान र क्यानडालाई हराएर अघिल्लो चरणमा स्थान बनाउँदा दक्षिण अफ्रिकाले भने समूहमा शतप्रतिशत जित निकाल्दै सुपर आठमा स्थान बनाएको हो। यि दुई टोलीबिच क्रिकेट मैदानमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। एन्टिगुआ स्थित सर विवियन रिचर्डस स्टेडियमको यो मैदान पहिले बलरहरुको फेबरमा रहँदै आएकोछ।

चेज गर्ने वाला टिमले जित निकालेका छन्। यहाँ १७ टी–२० खेल हुँदा पेसर्सले ६२ प्रतिशत विकेट लिएका छन्। त्यसैले टस जित्ने टिम पहिले बलिङ गर्ने मनपराउँछन। किनकी यहाँ विश्वकपका ४ मा तीन खल चेज गर्ने टिमले जितेका छन्। सुपर आठमा दुई समूहमा विभाजन गरेर खेलहरु खेलाइँदै छ। जसमा एक समूहमा ४ टोली रहेका छन्।

एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दै शीर्ष २ मा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने भएकाले पहिलो खेलनै कुनैपनि टिमका लागि महत्वपूर्ण हुने छ। पहिलो खेल जित्ने टिमले सेमिफाइनल दाबेदारी बलियो बनाउने छ।

आजको खेल वर्षाले प्रभाव पार्ने सम्भावना अत्यन्त न्युन रहेको छ। आज एन्टिगुआको मौसम सफा रहने छ। वर्षाको आसंका केवल ११ प्रतिशत रहेको छ। खेलका दौरान ३२ देखी ३७ डिग्रि सेल्सियस सम्म तापक्रम हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here