टर्की र जर्जियाका समर्थकबीच झडप

44

काठमाडौं। टर्की र जर्जियाका समर्थकबीच डर्टमन्डको वेस्टफालेनस्टाडियनमा मंगलबार राति भएको युरोकप खेलअघि झगडा भएको छ।

रंगशालाको एक कुनामा झगडा भएको हो। समर्थकहरूले एकअर्कामाथि मुक्का र अन्य सामान प्रहार गरेका थिए। युरो २०२४ को समूह ‘एफ’ मा रहेका यी दुई देशबीच करिब २७० किलोमिटर लामो सीमा जोडिएको छ।

डर्टमन्डको सिटी सेन्टरमा दुवै समूहका समर्थकहरु घुलमिल भएका कारण कुनै पनि प्रकारको गडबडीको कुनै संकेत देखिएको थिएन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here