नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

29

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.७३ प्रतिशतले घटेर ३६५.०५ विन्दुमा अडिएको छ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सोमबार सार्वजनिक विदा परेकाले कारोबार भएन। मंगलबार १८.७६ अंकले घटेको नेप्से परिसूचक बुधबार २.२७ अंकले ओरालो लागेको थियो। कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३०६ स्टकको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रुपैयाँमा खरिदबिक्री भयो। बुधबार २.२७ अंकले बढेको सेयर बजारमा ३ अर्ब ४० करोड मूल्य बराबरको कारोबार भएको थियो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कालिका लघुवित्त वित्तीयको सेयर सर्वाधिक ७.७१ प्रतिशतले बढ्यो। यसैगरी बराही हाइड्रोपावरको सेयर ६.६३ प्रतिशत,सनराइज ब्लूचीप फण्डको ५.९३,गुडविल फाइनान्सको ५.४६ र ग्रीन भेन्चरको ५.०९ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जी नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टले १५ करोड मूल्यको सेयर कारोबार गर्दा सीईडीबी हाइड्रोपावरको ९ करोड,पोखरा फाइनान्सको ८ करोड ८६लाख र गोर्खाज फाइनान्सको ८ करोड ६८ लाख मूल्य बराबरको सेयर कारोबार गरे।

५२ स्टकको मूल्य बढ्दा १८६ वटाको घट्यो। ८ स्टकको मूल्य भने स्थिर रह्यो। दुईवटा समूहको सूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here