राष्ट्रिय परिचयपत्रमा सरकारको क्रान्तिकारी काम

23

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम भएको दाबी गरेका छन्‌ ।

प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्रीले सबै सेवाहरू एकै ठाउँ (राष्ट्रिय परिचयपत्र)मा केन्द्रीकृत गरेर जनताले बैंकिङ, घरजग्गा, शेयरसँग सम्बन्धित सबै कुरा एउटै बिन्दुबाट पाउने व्यवस्था गरिएको  जनाए ।

‘भर्खरै राष्ट्रिय परिचयपत्रमा सबै अन्तरआबद्धता कायम गर्नेगरी वन डोर सिस्टमबाट जाने जो कुरा गरिएको छ- यो हामीले गरेको क्रान्तिकारी काम हो,’ दाहालले भने, ‘यसले अब सबै सेवाहरू एकै ठाउँमा केन्द्रीकृत गरेर जनताले बैंकिङ, घरजग्गा, शेयरसँग सम्बन्धित सबै कुरा एउटै बिन्दुबाट पाउने व्यवस्था गरिएको छ ।’

दाहालले थपे, ‘अहिले हामीले आइटी दशक र कृषि दशकको जे कुरा गरेका छौं- त्यो आफैंमा उद्धेश्यमूलक ढङ्गले देशको अर्थतन्त्र सुधारका लागि गरिएका दीर्घकालीन रणनैतिक कदमहरू हुन्‌ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here