टी-२० वरीयताको ब्याट्सम्यान सूचीमा ट्राभीस हेड पहिलाे नम्बरमा

24

काठमाडौं । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा पहिलाे नम्बरमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित पहिलाे  नम्बरमा  उक्लिएका हाे ।

यस अघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।

त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।

टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौँ स्थानमा रहेका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसीफ सेख ६९औं स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here