काठमाडौं । स्लोभाकियासँग बराबरी खेल्दै रोमानिया समूह ईको विजेता बन्दै युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्लोभाकिया पनि उत्कृष्ट तेस्रो टोली बन्दै अर्को चरणमा पुग्न सफल भएको हो ।

उता, समूहको अन्य खेलमा बेल्जियम र युक्रेनले पनि गोलरहित बराबरी खेले । दुवै खेल बराबरीमा सकिएपछि सबै टोलीले ४–४ अङ्क बटुल्दै समूह चरणको खेल सकियो ।
समान अङ्क भए पनि रोमानिया शीर्ष स्थानमा रह्यो भने बेल्जियम दोस्रो र स्लोभाकिया तेस्रो स्थानमा कायम रह्यो । चौथो स्थानमा रहेको युक्रेनको समान अङ्क भए पनि गोल अन्तरको आधारमा प्रतियोगिताबाट बाहिरिन पुगेको छ ।


















