पहिलोपटक टेस्ला कारहरु चिनियाँ सरकारी खरिद सूची

25

एजेन्सी । पहिलोपटक टेस्ला कारहरु चिनियाँ सरकारी खरिद सूचीमा परेका छन्।

राज्य स्वामित्वको मिडिया आउटलेट पेपरका अनुसार यो सूचीमा पर्ने टेस्ला पहिलो विदेशी ब्रान्ड (ईभी) हो। पूर्वी चीनको जियांग्सु प्रान्तीय सरकारले टेस्लालाई आफ्नो खरिद सूचीमा समावेश गरेको हो।

यो सूचीमा पर्ने अन्य ब्रान्डहरुमा भोल्भो र साइक छन्। जुन चीनकै हुन्। योसँगै अब प्रान्तका सरकारी संस्था र पब्लिक ग्रुपले सर्भिस कारका रुपमा टेस्ला खरिद गर्न पाउनेछन्। यसले टेस्ला मालिक इलोन मस्क र चीनबीचको सुमधुर सम्बन्धलाई जोड दिएको जनाइएको छ।

जियांग्सु प्रान्तीय सरकारले टेस्लालाई आयातित नभई घरेलु उत्पादनको रुपमा लिएको जनाएको छ। सांघाईमा टेस्लाको ठूलो गिगाफ्याक्ट्री छ। सन् २०२३ मा उक्त कारखानाबाट ९ लाख ४७ हजार टेस्ला कार उत्पादन भएको थियो। जुन अधिकांश चीनमै प्रयोग भएको छ।

खरिद सूचीमा सांघाईमा बनेको टेस्ला कारको मूल्य २ लाख ४९ हजार ९ सय युआन (३४ हजार ३७७ अमेरिकी डलर) राखिएको छ। टेस्लाका लागि चीन महत्त्वपूर्ण बजार बनिरहेको छ। विश्वको कुर्ल ईभी बिक्रीको आधा हिस्सा चिनियाँ बजारमै खपत हुने गरेका छन्। टेस्लाले गत वर्ष कुल आम्दानीको एक चौथाइ आम्दानी चीनबाटै गरेको थियो।

यसका बाबजुद अमेरिकी कार उत्पादकले चिनियाँ प्रतिस्पर्धी कम्पनीहरु बीवाईडीलगायतबाट प्रतिस्पर्धाको सामना गर्नुपरिरहेको छ। यसअघि टेस्लाका कारहरु केही सरकारी र सैन्य कम्प्लेक्समा प्रवेश गर्न समेत नपाउने अवस्था थियो। गत अप्रिलदेखि त्यो प्रतिबन्ध समेत हटिसकेको बताइएको छ। टेस्लाका कारले ती सुरक्षा कडाइको मापदण्ड पूरा गरेका छन्। मस्कले बेइजिङमा प्रिमियर लि खछ्याङसँग भेट गरेसँगै टेस्लाप्रति चीन नरम बनिरहेको छ। सीएनएनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here