आज सुनको मूल्य घट्यो

23

काठमाडौं ।  आज सुनको मूल्य तोलामा रु. चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।

आइतबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु. एक लाख ४४ हजार सात सय कायम भएको छ ।

महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको  जनाएको छ । आइतबार  रु. एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here