प्रतिनिधि सभा बैठक जारी

36

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक जारी  रहेकाे छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९/०८०” पेश गर्नुहुने कार्यक्रम छ ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रधानमन्त्री एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here