काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जन गरेको नयाँ विवरण तथा दररेट सार्वजनिक गरेको छ । बोर्डले नयाँ दररेट १ साउनदेखि लागू हुने जनाएको छ ।
यसअघि गत २० वैशाखमा बसेको बोर्डको बैठकले परिमार्जनसहित दररेट लागू गर्ने निर्णय गरेको थियो । तर नयाँ दररेट भने २५ असारमा मात्रै सार्वजनिक भएको थियो ।
स्वास्थ्य बीमामा १ हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ ।


















