ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

32

ताप्लेजुङ । मैवाखोला गाउँपालिका-२ कागतेस्थित सडकमा प्र.१-०२-००३ त ९६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय भिम कुमार तामाङको मृत्यु भएको छ ।

मंगलबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ताप्लेजुङ हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बुधबार बिहान बाटोमै मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here