एसबीआई बैङ्कद्वारा धनगढीको सामुदायिक विद्यालयमा पोसाक उपलब्ध

19

काठमाडौं । नेपाल एसबीआई बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम (सीएसआर) अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोसाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ ।

बैङ्कका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यससम्बन्धी कार्यक्रम बैङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी लगायत बैङ्कका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । बैङ्कले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

हाल बैङ्कले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैङ्किङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here